केपी ओलीले काँग्रेस लाई मोहनी लगायो –डा.भट्टराई
गोरखा ,२२ माघ । एकीकृत नेकपा माओवादीका नेता डा.बावुराम भट्टराई केपी ओलीले कांग्रेसलाई मोहनी लगाएको व्यङ्ग गर्नुभएको छ । डा.भट्टराईले ओलीले जे बोल्यो काँग्रेसले मोहनी लागे जस्तै त्यही गर्ने गरेको आरोप लगाउनुभयो ।
एकीकृत नेकपा माओवादीका नेता डा.बावुराम भट्टराईले एमाले अध्यक्ष केपी ओली बारे चर्चा नगर्ने मात्र वहाँको स्वास्थ्य लाभको कामना गर्ने बताउनुभएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास समिति बैठकमा सहभागी हुन गोरखा आउनुभएका डा.भट्टराईले बिहीवार पत्रकार भेटघाटमा ओली लाई आक्षेप लगाउने बारे कुनै आधिकारिक निर्णय नभएको दाबी गर्नुभयो । संविधानसभा बारे पत्रकारहरुले राखेको जिज्ञासा डा.भट्टराईले संविधानसभालाई संसदको तहमा झार्ने माघ ११ को गल्ती लाई सही ट्रयाकमा ल्याएमा आफूहरु संविधानसभाको प्रक्रिया सहभागी हुन तयार रहेको बताउनुभयो । वहाँले भन्नुभयो–“ एजेण्डा विगतका आन्दोलन र क्रान्तीले तय गरेकोले संविधानसभा माध्यम हो ।”
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments