तनाव प्रबन्धन तथ सुशासन सम्वन्धी कार्यशाला सम्पन्न
गोरखा ,२५ माघ । तनाव प्रबन्धन तथ सुशासन विषयक कार्यशाला गोरखामा आइतवार सम्पन्न भएको छ ।
समग्र विकास सेवा केन्द्रले सरकारी कर्मचारीहरुका लागि आयोजना गरेको ३ दिने कार्यशालामा अतिथि सहजकर्ताका रुपमा सरकारका मुख्य सचिव लिलामणी पौडेलले समेत सहजीकरण गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी ,स्थानीय विकास अधिकारी सहित जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको सहभागीता रहेको
सो कार्यशालामा तनाव व्यवस्थापनका विभिन्न विषयमा डा.राजु अधिकारी ,सुशासन अभिबद्र्धनका विषयमा प्रशासनिक प्रशिक्षण प्रतिष्ठान वरिष्ठ निर्देशक डा.केदार बहादुर रायमाझी ,व्यक्तित्व तथा क्षमता विकासका विषयमा प्रशासनिक प्रशिक्षण प्रतिष्ठान निर्देशक तुलसीरमण सिग्देल र समग्र विकास सेवा केन्द्रको संस्थागत परिचय बारे केन्द्रका कार्यकारी निर्देशक डोरनाथ न्यौपानेले सहजीकरण गर्नुभएको थियो । कार्यशालामा ४५ जनाको सहभागीता रहेको समग्र विकास सेवा केन्द्रका कार्यक्रम अधिकृत अमर अधिकारीले जानकारी दिनुभयो ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments