क्यान गोरखाको अध्यक्षमा राना
Published Date :- February 8, 2015  On  |

गोरखा ,२४ माघ । कम्प्युटर एशोशिएसन अफ नेपाल (क्यान ) महासंघको गोरखा शाखाको प्रथम अधिवेशनले अशोक रानामगरको अध्यक्षतामा ९ सदस्य कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

गोरखाको पश्चिमकालीमा शनिवार सम्पन्न सो अधिवेशनले समितिको उपाध्यक्षमा शिशु बाबु प्रधान, सचिवमा प्रेमध्वज थापा, सहसचिवमा योङ्ग कुमार श्रेष्ठ, कोषाध्यक्षमा अमृत बोगटी, सदस्यहरुमा सुदिप कोइराला, कुमार श्रेष्ठ, बाबुराम तिवारी र सुमन कार्की सुमन कार्कीलाई चयन गरेको हो । चयन भएका नयां कार्यसमितिका पदाधिकारीहरु सबै लाई नेपाल पत्रकार महासंघ गोरखा अध्यक्ष भीमलाल श्रेष्ठ र निवर्तमान अध्यक्ष सुशीलबावु श्रेष्ठले अबिर लगाएर बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....