गोरखामा संस्कृत गुरुकुल स्थापनाको तयारी
Published Date :- February 2, 2015  On  |

गोरखा ,१९ माघ । धार्मिक संस्कृति र परम्परालाई भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले गोरखामा पनि गुरुकुल विद्यालय सञ्चालन हुने भएको छ ।
 विद्यालय उत्पत्तिकालको शिक्षा पद्धतिको मान्यता अनुसार आगामी शैक्षिक सत्र देखि प्रेमनारायण देवकुमारी गुरुकुल संस्कृत विद्यालय सञ्चालन गर्ने तयारी शुरु गरेको छ । प्रेम नारायण देवकुमारी सांस्कृति प्रतिष्ठानबाट विद्यालय सञ्चालनका लागि सहयोग स्वरुप १० लाख रुपियांको अक्षयकोष स्थापना संगै विद्यालय स्थापना प्रक्रिया शुरु गरेको व्यवस्थापन समितिको गठन समेत भइसकेको छ । पूजापाठ गर्न भविष्यका लागि जनशक्ति उत्पादन ,पूर्वीय दर्शनको आधारमा सभ्य र सु संस्कृत जीवनशैली कायम र अनुशासित नागरिक तयार गर्ने उद्देश्यले विद्यालयको सञ्चालन गर्न लागेको व्यवस्थापन समितिका अध्यक्ष मोहनलाल श्रेष्ठले जानकारी दिनुभयो । गोरखा दरबार परिसरमा रहेको एउटा घरमा सञ्चालन गर्न लागिएको आवासीय सुविधा सहित सो संस्कृत गुरुकुल विद्यालयमा संस्कृत भाषाको माध्यम बाट पूर्वीय आध्यात्मीक दर्शनको अध्यापन गराउनुका साथै अंग्रेजी ,गणित लगायतका सरकारी पाठ्यक्रमले तोकेको विषयहरु पनि पढाइने गुरुकुल संस्कृत विद्यालय व्यवस्थापन समिति गोरखाले जनाएको छ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....