घ्याल्चोकका स्थानीय गाउं सरसफाई अभियानमा
Published Date :- February 22, 2015  On  |

गोरखा ,१० फागुन । गोरखाको घ्याल्चोक गाविस ९ स्थित सिउरेनीटारमा चण्डेश्वरी आमा समुहको नेतृत्वमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । चण्डेश्वरी आमा समुहको नेतृत्वमा भएको सरसफाइ कार्यक्रममा सिउरेनीटार बजार क्षेत्र, कुना गाउ, इराङ्गेटोल, माझीगाउ, माथिल्लोटार लगायत सार्वजनिक स्थलहरुमा सरसफाइ सम्पन्न भएको जनाएको छ । सो सरसफाइ कार्यक्रममा प्रहरी चौकी, लोटस युवा क्लव, बाल क्लव, चित्रादेवी निम्न माध्यामिक विद्यालयका विद्यार्थीहरु फैजुल उलमुलका विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो आमा समूहले गाउ तथा सहर सफा राख्नका लागि विभिन्न ठाउँहरुमा डस्टवीन राख्नुका साथै गाउमा फोहर गर्नेहरुलाई ३ सय देखि ५ सय सम्म जरिवाना गर्ने निर्णय पनि गरेको चण्डेश्वरी आमा समूहका अध्यक्ष रेनुका नहर्कीले जानकारी दिनुभयो । समूहले बेनीघाट आरुघाट आर्खेत सडक खण्डमा चल्ने यातायातका साधनहरुमा पनि जथाभावी फोहर फाल्न नपाइने सुचना टास गरी यात्रुहरुलाई जानकारी गराउने पनि जनाएको छ ।

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....