गोरखामा पुलिसको आफ्नै पुस्तकालय
गोरखा,१० फागुन । प्रहरी कर्मचारीका बौद्धिक विकास तथा सुचना प्रविधिमा पहुंच बढाउने उद्देश्यले गोरखामा प्रहरीले पुस्तकालय सञ्चालनमा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्ला विकास समिति गोरखा ,गोरखा नगरपालिका लगायतका कार्यालय तथा व्यक्तिगत संग सहयोग जुटाएर आफ्नै कार्यालय परिसरमा छुट्टै नयां भवन निर्माण गरेर पुस्तकालय शुरु गरेको हो ।
अध्ययन चौतारी नाम दिइएको उक्त पुस्तकालयको आज एक समारोह बीच पश्चिमाञ्चल प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पंकज श्रेष्ठले उद्घाटन गर्नुभयो । पुस्तक तथा ई–लाइब्रेरी दुवै सुविधा रहेको सो पुस्तकालयमा प्रहरी सम्वन्धी ,कानुन ,सामान्य ज्ञान ,इतिहास तथा विचारहरु बिश्लेषणात्मक १५ सय भन्दा बढी पुस्तकहरु रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पुस्तकालय भित्रै बसेर पुस्तक पढ्ने तथा इन्टरनेट मार्फत विभिन्न सामाग्रीहरुको अध्ययन गर्ने सुविधा समेत रहेको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय गोरखाले निर्माण गरेको घरेलु हिसांमा आधारित पश्चाताप नामक भिडियो नाटक पनि प्रर्दशन गरेको छ । सो नाटकमा अभिनय गरेवापत पत्रकार नरहरी सापकोटालाई सम्मान समेत गरेको छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments