शान्ति समिति गोरखाद्वारा शान्ति आवाज प्रकाशित
Published Date :- March 13, 2015  On  |

गोरखा ,२९ फागुन । स्थानीय शान्ति समिति गोरखाले समिति गठन भए देखि अहिले सम्मका गतिविधि र पीडितलाई राहतको अवस्था समेटेर शान्ति आवाज नामक पुस्तक प्रकाशन गरेको छ । शान्ति प्रबद्र्धनाका लागि सरोकारवालाहरुको बीच अन्तरक्रिया शान्ति तथा पुर्ननिर्माण मन्त्रालयका सचिव खुमलाल पुंजाली पुस्तकको विमोचन गर्नुभयो ।
स्थानीय शान्ति समिति गोरखाका संयोजक नारायण अधिकारीको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस गोरखाका सचिव पूर्ण बहादुर दाहाल , एकीकृत माओवादीका अध्यक्ष लेख बहादुर थापा , नेकपा माओवादीका जिल्ला इन्र्चाज परशुराम रम्तेल , राप्रपा नेपालका उपाध्यक्ष शंकर अधिकारी , परिवार दलका अध्यक्ष कृष्णगोपाल बञ्जारा ,नेपाल पत्रकार महासंघका अध्यक्ष भीमलाल श्रेष्ठ ,नेपाल वार एसोसिएसनका स्थानेश्वर दुवाडी लगायत विभिन्न संघसंस्था प्रतिनिधिहरु र द्वन्द्व पीडितहरुले आ आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा स्थानीय शान्ति समितिका पूर्व संयोजकहरु विशेश्वर कट्टेलले शान्ति स्थापनामा शान्ति समिति गोरखा र अर्का पूर्व संयोजक मोहनप्रकाश पोखरेलले बेपत्ता पारिएको व्यक्ति छानविन ,सत्य निरुपण तथा मेलमिलाप आयोग बारे समीक्षात्मक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....