प्रमुख अतिथि विवादले जिल्ला परिषद सार्वजनिकीकरण स्थगित
Published Date :- March 11, 2015  On  |

गोरखा , २७ फागुन । जिल्ला विकास समिति गोरखाको भोलि हुने भनिएको वार्षिक नीति ,बजेट तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा प्रमुख अतिथि विवादका कारण अनिश्चित भएको छ । एकीकृत माओवादीले डा.बावुराम भट्टराई लाई र कांग्रेसले विभागीय मन्त्री स्थानीय विकास मन्त्री प्रकाशमान सिंहलाई प्रमुख अतिथि बनाउनुपर्ने अडान राख्दै आएको थियो । 
पूर्वप्रधानमन्त्री एवं गोरखा क्षेत्र नं १ का सभाषद डा.बावुराम भट्टराई लाई प्रमुख अतिथि निमन्त्रण पत्र नपठाएको भन्दै एकीकृत माओवादी गोरखाका अध्यक्ष लेखबहादुर थापा नेतृत्वमा गएको नेता कार्यकर्ताहरुले बुधवार गोरखा स्थानीय विकास अधिकारी प्रेमराज गिरीको कार्यकक्षमा टेबल ठोक्ने ,मिनरल बोतल फुटाउने लगायत व्यवहार देखाउंदै आक्रोश व्यक्त गरे पछि सार्वजनिकीकरण कार्यक्रम स्थगित भएको छ । डा. भट्टराई प्रमुख अतिथि बनाउने सहमति भएको तर पछि कांग्रेसको योजनामा लागेर स्थानीय विकास अधिकारी गिरीले पत्र नपठाउन इन्कार गरेको एकीकृत माओवादी आन्दोलन परिचालन समितिका संयोजक अमर तमुद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । जिल्ला विकास समितिकै प्राङ्गणमा सार्वजनिकीकरण समारोहका लागि बनाइएको मञ्च पनि हटाएको छ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....