एकीकृत माओवादी क्रियाकलापको काँग्रेस गोरखाद्वारा निन्दा
गोरखा,२९ फागुन । एकीकृत नेकपा माओवादीले बिहीवार हरमटारी चोकमा कोणसभा गरेर नेपाली काँग्रेसको नेता कार्यकर्ता लाई लक्षित गरेर भण्डार तथा भौत्तिक कारवाही गर्ने धम्की दिएको भन्दै नेपाली काँग्रेस गोरखाले निन्दा गरेको छ ।
नेपाली काँग्रेस गोरखाका सभापति हरि बहादुर घलेद्वारा हस्ताक्षरित शुक्रवार जारी प्रेस विज्ञप्तीमा काँग्रेस गोरखालाई लक्षित गरेर आपत्तिजनक बक्तव्यबाजी एवं व्यक्तिगत गालीगलौज गर्ने जस्ता एकीकृत माओवादीको क्रियाकलाप विरुद्ध दृढतापूर्वक प्रतिरोध गर्न समेत पार्टीका सबै तहलाई आह्वान गरेको छ । जिल्ला भित्र देखिएका विवाद तथा असमझदारी लाई वार्ता तथा संवादको माध्यमबाट हल गर्दै विगतमा जस्तै सहकार्यलाई निरन्तरता दिन प्रतिवद्ध रहेको समेत नेपाली काँग्रेस गोरखाद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments