Business
»
गोरखा सुनचाँदी व्यवसायीको अधिवेशन शुरु
गोरखा सुनचाँदी व्यवसायीको अधिवेशन शुरु
गोरखा , ३० फागुन । गोरखा सुनचांँदी व्यवसायी संघको प्रथम अधिवेशन शुरु भएको छ । अधिवेशन नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मोहन कुमार विश्वकर्माले अधिवेशनको उद्घाटन गर्नुभयो । गोरखा सुनचाँदी व्यवसायी संघका अध्यक्ष अम्मर बि.क.को सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा सुनचाँदी व्यवसायी महासंघका महासचिव देयशरत्न शाक्य ,नेपाली कांग्रेसका रामशरण अधिकारी ,एकीकृत माओवादीका हितमान सुर्खेती ,राप्रपा नेपालका शंकरराज अधिकारी ,गोरखा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष जीवनज्योति श्रेष्ठ , नेपाल पत्रकार महासंघका अध्यक्ष भीमलाल श्रेष्ठ ,कपडा तथा फेन्सी व्यवसायी संघको तर्फबाट सरोजबावु श्रेष्ठ ,गोरखा सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष राजेन्द्र विश्वकर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा सुनचाँदी व्यवसायीले सरकारको सुनचाँदी व्यवसायीको सन्दर्भमा स्पष्ट निति नुहदा व्यवसाय गर्न विभिन्न कठिानाई झेल्न परेको गुनासा गरेका छन । अधिवेशनले गोरखा सुनचाँदी व्यवसायी संघको नयाँ नेतृत्वको चयन गर्ने संघले जनाएको छ ।
Labels:
Business
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments