प्रमुख अतिथि विवादले रोकिएको परिषद पत्रकार सम्मेलन मार्फत सम्पन्न
Published Date :- March 14, 2015  On  |

गोरखा , ३० फागुन । प्रमुख अतिथिमा डा.बावुराम भट्टराईलाई पत्राचार नगरेको भन्दैएकीकृत माओवादी कार्यकर्ताले स्थानीय विकास अधिकारी प्रेमराज गिरी माथी दुव्यवहार गरे पछि अनिश्चित बनेको जिल्ला परिषद गोरखाको निर्णय सार्वजनिकीरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । जिल्ला स्थित राजनीतिक दलका परामर्श समितिका सदस्यहरु ,विषयगत सरकारी कार्यालय ,संघसंस्थाका प्रतिनिधिहरु उपस्थितीमा गोरखाका स्थानीय विकास अधिकारी प्रेमराज गिरीले पत्रकार सम्मेलन मार्फत जिविस गोरखाको आठौं जिल्ला परिषदबाट निति ,कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुभयो । 
जिविस गोरखाको आठौं परिषदबाट जिल्लाको एकीकृत बजेट चालु तर्फ ६८ करोड ६० लाख ४० हजार ९० रुपियां र पुंजीगत तर्फ २ अर्ब ८४ करोड ९३ लाख २५ हजार २ सय ९० गरी कूल ३ अर्ब ७१ करोड ५३ लाख ६५ हजार ३ सय ८० रुपियां रहेको छ । तर सार्वजनिकीकरण कार्यक्रम कांग्रेस पार्टी प्रतिनिधि वा जिल्ला परामर्श समितिका कोही पनि उपस्थित थिएन । सार्वजनिकीकरण कार्यक्रम एकीकृत माओवादी ,एमाले ,नेकपा माओवादी लगायत दलका परामर्श समिति सदस्यहरुको मात्र उपस्थिती थियो । कांग्रेस र एकीकृत माओवादी बीच अन्तिम समय सम्म पनि प्रमुख अतिथि विषयमा सहमति हुन नसके पछि एकीकृत माओवादी कार्यकर्ताहरुले डा.बावुराम भट्टराई पत्राचार गर्नुपर्ने भन्दै दबाब दिए स्थानीय विकास अधिकारी माथी अघिल्लो दिन दुव्यवहार गरे पछि कार्यक्रम स्थगित भएको थियो । गत फागुन २८ गते गर्ने भनिएको जिल्ला परिषदको निति ,बजेट तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा एकीकृत माओवादीले पूर्वप्रधानमन्त्री एवं गोरखा क्षेत्र नं १ का सभाषद डा.बावुराम भट्टराई लाई र कांग्रेसले स्थानीय विकास मन्त्री प्रकाशमान सिंहलाई प्रमुख अतिथि बनाउनुपर्ने अडान राखे पछि कार्यक्रम स्थगित भएको थियो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....