नेपाल बुद्धिजीवि परिषद गोरखामा खनाल
Published Date :- March 14, 2015  On  |

गोरखा,३० फागुन । नेपाल बुद्धिजीवि परिषद गोरखाको छैठौं अधिवेशनबाट ऋषि खनाल फेरी अध्यक्षमा चयन हुनुभएको छ ।
नवगठित समिति उपाध्यक्षमा रमेश अधिकारी ,सचिवमा राजन कट्टेल ,सहसचिवमा कमल प्रसाद लामिछाने ,कोषाध्यक्ष पार्वती पाठक ,सदस्यहरुमा जीवनज्योति कट्टेल ,मेघनाथ बञ्जारा ,श्यामकिशोर कुशवाह ,ममदिन मिया ,शंकरबहादुर कुँवर ,तिर्थ खनाल , रामचन्द्र अर्याल , कृष्ण पोखरेल ,विमला पुलामी र राजु प्रसाद मरासैनी चयन हुनुभएको छ । एमाले वैकल्पीक केन्द्रीय सदस्य रामशरण बस्नेत प्रमुख आतिथ्यता र परिषदका अध्यक्ष ऋषि खनालको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा नेपाल बुद्धजीवि परिषदका केन्द्रीय उपाध्यक्ष लक्ष्मण कुँवर ,केन्द्रीय सदस्य सिद्धेश्वरमान श्रेष्ठ ,एमाले गोरखाका उपसचिव यादव बस्नेत लगायतले बोल्नुभएको थियो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....