भूकम्प पीडितकै उद्धार र राहतकै क्रममा गुमे क्याप्टेन सुबेक
Published Date :- June 2, 2015  On  |

गोरखा ,१९ जेठ । गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर भूकम्प गएको दोस्रो दिन । गोरखाको ठिगुरेस्वाँरा स्थित नेपाली सेनाको हेलिप्याडमा अवतरण भयो निलो ,पँहेलो र रातो रंगो मिसिएको सानो हेलिकप्टरको । भूकम्प पीडितको उद्धारका लागि आएको ९ एन एकेबी लेखिएको माउन्टेन एयरको हेलिकप्टर बाट ओर्लिए अग्ला र पातलो जिउडालका युवा । उनी थिए क्याप्टेन सुबेक श्रेष्ठ । भूकम्प पीडितकै राहत र उद्धारका क्रममा मंगलवार सिन्धुपाल्चोक बलेफीमा त्यही माउन्टेन एयरको हेलिकप्टर दुर्घटनामा परेर क्याप्टेन सुबेक श्रेष्ठ सहित चार जनाको ज्यान गएको छ । 
भूकम्प लगत्तै गोरखा आएका क्याप्टेन सुबेकले सरकारको तर्फबाट गरिएको हवाई उद्धार उनले उत्तरी गोरखाका उडानका हिसाबले जटिल मानिने गाउँहरुमा समेत पुगेर घाइतेहरुको उद्धार गरेका थिए । त्यति मात्र नभई अमेरिका निवासी समिसा जोशीले व्यक्तिगत रुपमा हेलिकप्टर भाडा लिएर सरकारी राहत दुर्गममा पु¥याउने अभियानमा पनि सुबेक श्रेष्ठ नै लागि परे । गोरखाका भूकम्प पीडितको उद्धार तथा राहतमा निरन्तर खटेका क्याप्टेन सुबेक श्रेष्ठ दुर्घटनामा निधनको खबरले जिल्ला सुरक्षा निकाय ,त्यही बेला उद्धार गरिएका घाइतेहरु समेत स्तब्ध बनेका छन ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....