भारतीय पूर्व राष्ट्रपति अब्दुल कलामको निधन
Published Date :- July 27, 2015  On  |

काठमाडौं ,११ साउन । भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामको निधन भएको छ । ८३ वर्षको उमेरमा कलामको शिलोङमा निधन भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । एक कार्यक्रममा भाषण गर्दा गर्दै उनी लडेका थिए । 
गम्भीर घाइते भएका उनलाई अस्पताल लगिएको थियो । तर, उनको त्यहाँ मृत्यु भएको हो ।अब्दुल कलाम भारतका बैज्ञानिक समेत हुन् । उनी २००२ देखि २००७ सम्म भारतका राष्ट्रपति थिए । राष्ट्रपतिको कार्यकाल सकिएपछि उनले अध्यापनको काम गरे ।उनलाई मिसाइल म्यानले पनि चिनिन्छ । कलामको निधनपछि भारत सरकारले सात दिन राष्ट्रिय शोकको घोषणा गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....