रुपन्देही फुटबल संघले मिरकोटमा बनाईदियो विद्यालय
Published Date :- July 27, 2015  On  |

गोरखा , ११ साउन । भूकम्प बाट पूर्ण रुपमा क्षति भएको गोरखाको मिरकोट स्थित धर्माेदय माध्यमिक विद्यालय रुपन्देही जिल्ला फुटबल संघले बनाइदिएको छ । रुपन्देही फुटबल संघले आयोजना गरेको तिलोतमा फुटबल प्रतियोगिताबाट संकलित रकमले विद्यालय भवन निर्माण गरिदिएको हो ।
 नव निर्मित भवनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो । भवन उद्घाटन कार्यक्रममा एन्फाका उपाध्यक्ष कर्मा छिरिङ्ग शेर्पाको पनि उपस्थिती रहेको थियो । तिलोतमा फुटबल प्रतियोगिताबाट संकलित ९ लाख र आफ्ना पदाधिकारीहरु बाट ४ लाख थपेर कूल १३ लाख रुपियांको लागतमा रुपन्देही जिल्ला फुटबल संघले गोरखाको मिरकोट स्थित धर्माेदय माध्यमिक विद्यालयमा जस्ता र फलामबाट ९ कोठे भवन निर्माण गरिदिएको रुपन्देही जिल्ला फुटवल संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिनुभयो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....