प्रत्यक्ष निर्वाचित राष्ट्रपति स्वीकारे उम्मेदवार बन्दिन : डा.भट्टराई
Published Date :- July 21, 2015  On  |

गोरखा , ५ साउन । एकीकृत माओवादी नेता एवं पूर्वप्रधानमन्त्री डा.बावुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुखको एजेण्डा अरु दलहरुले शंका गरेर नस्वीकारेमा आफू त्यस्ता पदमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ । 
 भीमसेन स्मृति प्रतिष्ठानले आज गोरखामा गरेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको औचित्य र आवश्यकता विषय विचार गोष्ठीमा बोल्दै डा.भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीले मूलूकलाई स्थिरता प्रदान गर्ने तर्क गर्दै अरु दलले एजेण्डा स्वीकारेको खण्डमा मूलूकको समृद्धि र विकासका लागि आफूले त्याग गर्न तयार रहेको दाबी गर्नुभयो । अधिवक्ता खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्राध्यापक देवराज चालिसे ,तेजविलास अधिकारी र स्टेला तामाङले टिप्पणी गर्नुभएको थियो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....