अहिलेको सम्झौताको संविधानका रुपमा स्वीकार्नुस् –डा.भट्टराई
गोरखा , ४ साउन । गोरखाको सदरमुकाममा भएको क्षेत्र नं १ को सुझाव संकलन कार्यक्रममा संबैधानिक राजनितिक संवाद तथा सहमति समितिका सभापति समेत रहनुभएका सभासद डा.बावुराम भट्टराईले चेतनास्तर र आकांक्षा बढ्दै जादा परिमार्जन गर्न सकिने भएकोले सबैलाई यो सम्झौताको संविधान हो भनेर ग्रहण गरेर अघि बढ्न आग्रह गर्नुभयो ।
समितिका सभापति डा.भट्टराई र एमालेका तर्फबाट सभासद केशब बडालको उपस्थिती रहेको उक्त सुझाव संकलन कार्यक्रममा सहभागी महिला ,मुस्लिम ,दलित लगायत विभिन्न जातजातिका प्रतिनिधिहरुले प्रदेशीय संरचना निर्माण हुदा समेत गोरखाको पहिचान कायम हुनुपर्ने ,महिला ,जनजाति ,अल्पसंख्यक र विभिन्न धार्मिक समुदायको अधिकारको सुनिश्चितता हुनुपर्ने कुरामा जोड दिएका छन ।
त्यस्तै गोरखाको निर्वाचन क्षेत्र नं २ मा सभासद हितराज पाण्डे र क्षेत्र नं ३ मा सभासदहरु चिनकाजी श्रेष्ठ र छम बहादुर गुरुङ्गको उपस्थितीमा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments