पत्रकार महासंघ गोरखाले बुझायो संविधान बारे भट्टराई लाई सुझाव
Published Date :- July 20, 2015  On  |

गोरखा , ४ साउन । संविधानको मस्यौदा माथी नागरिकको राय सुझाव संकलनका लागि गोरखा आउनुभएका संबैधानिक राजनितिक संवाद तथा सहमति समितिका सभापति डा.बावुराम भट्टराई लाई नेपाल पत्रकार महासंघ गोरखाले नेपालको संविधान ,२०७२ को प्रारम्भी मस्यौदा माथि अभिव्यक्ति स्वतन्त्रता र आमसञ्चारको हक सम्वन्धीसुझाव तथा टिप्पणी बुझाएको छ ।
 नेपाल पत्रका महासंघ गोरखाका अध्यक्ष भीमलाल श्रेष्ठ नेतृत्वको एक टोली डा.भट्टराईलाई भेटेर संविधानको मस्यौदाको प्रस्तावना ,स्वतन्त्रताको हक ,आमसञ्चारको हक ,सुचनाको हक ,विशेषाधिकारको हक ,संकटकालको धारा लगायतमा टिप्पणी सहितको सुझाव पेश गरेको हो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....