गायिका राधिका हमाल अब गायनमा मात्र नभई मोडलिङमा पनि
Published Date :- July 20, 2015  On  |

संगितीक माहोल हेर्नेे हो भने अहिले कुनै कलाकार स्रष्टा सर्जक ले आफ्नो लगानि उठाउन कठिन छ तर यस्तो समयमा पनि गायिका राधिका हमाल यस क्षेत्रमा राम्रो र सबैकी रोजि गायिका बन्न सफल भएकी छिन ।

 लिवाङ ५, रोल्पामा जन्म भई विगत १६ बर्षदेखि काठमाण्डौंमा बसोबास गर्दै आएकी गायिका राधिका हमालले डेउदा, लोक गीत, लोक पप, फिल्मी गीत र तीज गीत गाएकी छिन् भने हालसम्म लगभग तीन हजारभन्दा धेरै गीतहरु गाइसकेकी छिन् । भखरै मात्र बजारमा आएको ‘मालि गाईको दहि ’ भन्ने गितमा उहाँको राम्रो अभिनय देख्न पाइन्छ । यस गितमा शब्द सिर्जना संगम गुरुङले गर्नु भयको छ भने लय सुर्य पुर्वाघाने मगरले गर्नु भएको छ । जुन गित मा स्वर दिनु भएको गायिका राघिका हमाल र सुर्य पुर्बाछाने मगरले र यो गितलाई बजार प्रवन्धन गरेको छ म्युजिक बैङग नेपाल प्रा. लि ले ।

"मालि गाईको दहि" गीतको भिडियोमा सुर्य, राधिका, भिम र रन्जुको अभिनय देख्न सकिन्छ । जसमा गायक गायिका स्वयं अभिनयमा देखिएकोले पनि तीजको यो माहोलमा बजारमा सार्बजनिक भएको यो म्युजिक भिडियोले निकै चर्चा बटुल्नेमा राधिका हमाल ढुक्क छिन । तर पनि यो गितले स्रोताहरुको मन कतिको जित्छ त्यो भने हेर्न बाँकि नै छ ।


 पोहोरको बर्ष पनि गायिका राधिका हमाल तिज गाउने गायिकाहरुमा सबै भन्दा अघि हुनु हुन्थो अहिले पनि गायिका हमालले १८ वटा भन्दा बढि तीज गितहरुमा आफ्नो स्वर दिसक्नु भएको छ । उहाँ संगको कुरा कानिमा "गीत संगितले हामिलाई के दियो ?" भन्दा पनि "हामीले यसलाई के दिएऔ" भने कुरा सोच्नु पर्छ भन्ने उहाँको भन्नाई छ । सधै यस्तै सकरात्मक सोच उहाँमा सधै सदैब आइरहो गोरखा खबर डट कम को तफ बाट शुभकामना गायिका राधिका हमललाइ । 

भर्खरै बजारमा सार्बजनिक र उहाँले अभिनय गरको भिडियो हेर्न यहाँ Click गर्नुहोस् ।

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....