पत्रकार उप्रेती सम्मानित
काठमाण्डौं ,१५ असोज । अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका गोरखा संवाददाता शिव प्रसाद उप्रेती सर्वाेकृष्ट पत्रकार सम्मानबाट सम्मानित हुनुभएको छ ।
तस्वीर :अन्नपूर्ण
नेपाल पत्रकार महासंघ गोरखाका उपाध्यक्ष एवं अन्नपूर्ण पोष्ट दैनिकका गोरखा संवादाता शिव प्रसाद उप्रेती लाई एपी वान टेलिभिजन ,अन्नपूर्ण टुडे म्यागजिन र अन्नपूर्णको अंग्रजी अनलाइन संस्करण शुभारम्भको अवसरमा सहित ६ जना सम्मानित भएको हो ।
‘सर्वोत्कृष्ट काटुनिस्ट सम्मान’बाट बासु क्षितिज सम्मानित भए भने ‘सर्वोत्कृष्ट पत्रकार’ सम्मानबाट बरिष्ठ उपसम्पादक राजेश बर्मा, जिल्ला संवाददाता मनिका झा र शिवप्रसाद उप्रेती भएका हुन ।
कर्मचारीतर्फ वितरण शाखाका रमेश घोरासइनी र रामचन्द्र कार्कीले ‘सर्वोत्कृष्ट कर्मचारी’ सम्मान प्राप्त गरेका छन । नगद २५ हजार सहित सम्मानित पत्रकार तथा कर्मचारीहरु लाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले सम्मान प्रदान गर्नुभएको हो ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments