प्रधानमन्त्रीद्वारा लाप्राकमा नमुना वस्तीको शिलान्यास
गोरखा, २१ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले गैरआवासीय नेपाली संघ (एनआरएन)को लगानीमा गोरखाको लाप्राकमा निर्माण हुने एकीकृत नमुना वस्तीको शिलान्यास गर्नुभएको छ ।
हेलिकोप्टरबाट लाप्राक पुग्नुभएका प्रधानमन्त्री दाहालले नमुना वस्तीको शिलान्यास गर्दै गैरआवासीय नेपाली संघको सहयोगमा लाप्राकको नमुना बस्ती निर्माणले देश लाई नै नयां सन्देश समेत दिने बताउंनुभयो । भूकम्पले गाउं नै जोखिममा परे पछि बस्ती सरेर लाप्राक गाविसको गुप्सीपाखामा बस्दै आएको भूकम्पपीडितका लागि एनआरएनले ६ सय घर बनाइदिने भएको हो । अहिले बस्दै आएको गुप्सीपाखामा ४ सय ४४ घर बन्ने र बाँकी एकसय ५० घरका लागि नयां ठाउँ खोज्नुपर्ने अवस्था रहेको स्थानीयको भनाई छ । प्रधानमन्त्री संगै कार्यक्रममा नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदीले , एनआरनका अध्यक्ष शेष घले सहित एनआरएन पदाधिकारीहरुको पनि सहभागीता रहेको थियो ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments