ट्रक दुर्घटनामा ४ घाइते
Published Date :- October 13, 2016  On  |

गोरखा ,२७ असोज ।गोरखाको मकैसिङ्ग गाविसको कोहलडांडामा ट्रक दुर्घटना हुदा ४ जना घाइते भएका छन । दुर्घटनामा परेर रमिता श्रेष्ठ ,रिता श्रेष्ठ ,सानुकान्छा गुरुङ्ग र मिरा गुरुङ्ग घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । मकैसिङ्ग गाविस वडा नं ७ बाट वडा नं २ तर्फ गइरहेको २५ यात्रु बोकेको बा.२.ख.६८३१ नम्वरको ट्रक कच्ची सडकबाट २५ मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका मध्ये सानुकान्छा गुरुङ्ग र मिरा गुरुङ्ग  लाई काठमाण्डौं र रमिता श्रेष्ठ थप उपचारका लागि काठमाण्डौं पठाएको छ ।  अन्य घाइतेहरु स्थानीय स्वास्थ्य संस्थामा उपचार पछि घर फर्किएका छन । चालक लाई प्रहरी नियन्त्रणमा लिएको छ । 

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....