विपक्षी मोर्चाद्वारा चरणबद्ध आन्दोलनको घोषणा
काठमाण्डौं ,१२ माघ । संविधानसभामा सहमतिको सट्टा बहुमतीय प्रक्रिया अघि बढाएको भन्दै एकीकृत माओवादी सहितको मोर्चाले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।मोर्चाको सोमबार बसेको बैठकले तीन चरणमा आन्दोलन गर्ने निर्णय गरेको छ ।
एमाओवादी र मधेसी मोर्चासहितको ३० दलहरुले पहिलो चरणमा सत्तारुढ दलहरु र संविधानसभा अध्यक्ष सुवास नेम्वाङको कदमविरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ । माघ १२ गतेदेसख २० गतेसम्म पार्टीको बैठक तथा अन्तरक्रिया गरिनेछ भने २१ गतेदेखि २९ गतेसम्म गाउँ, नगर र निर्वाचन क्षेत्र स्तरमा अन्तरक्रिया, भित्ते लेखनसहितका भण्डाफोर तथा खबरदारी अभियान चलाइनेछ ।फागुन १ देखि १० गतेसम्म जिल्लाहरुमा घेराउ, धर्ना, विरोधसभा गरिनेछ । पहिलो चरणको आन्दोलनको अन्तिम दिन फागुन १६ गते काठमाडौंमा जनप्रदर्शनसहित आमसभा गर्ने कार्यक्रा तय भएको एक नेताले बताएका छन् ।दोस्रो चरणको आन्दोलन फागुन १७ बाट सुरु हुनेछ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments