गोरखाबजारमा पनि अव सिसि टिभी सुरक्षा
Published Date :- April 24, 2015  On  |

गोरखा , ११ । गोरखा सदरमुकाममा आज देखि सिसी टिभी सेवा शुरु भएको छ । शान्ति सुरक्षा लाई अझ व्यवस्थित गर्दै अपराध नियन्त्रण अभियान लाई शसक्त तथा प्रविधि युक्त बनाउन प्रहरीको पहलमा स्थानीयको समेत सहभागीतामा गोरखाबजारका विभिन्न भागमा सिसी टिभी जडान गरिएको हो ।
 पहिलो चरणमा गोरखा बजारको मुख्य मुख्य चोकमा कट्रोल रुम समेत स्थापना गरेर सिसी टिभि जडान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....